अयोग्य लडाकुलाई दुई लाख दिने भनेर फेरि भ्रष्टाचार गरिँदैछः अमरेशकुमार सिंह

फाइल तस्विर
फाइल तस्विर

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अयोग्य लडाकुलाई सरकारले दुई लाख राहत दिने नाममा भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन।

शान्ति प्रकृयामा आएपछि लडाकुलाई पैसा बाड्ने नाममा आदी पैसा माओवादी पार्टीले खाएको पनि सांसद सिंहले आरोप लगाए।

‘२०६३ पछिको भ्रष्टाचार छानबिन हुनुपर्छ। अहिले अयोग्य लडाकुलाई दुई लाख दिन खोजिएको छ, यो पनि भ्रष्टाचार हो,’ उनले भने, ‘शान्ति प्रकृयामा लडाकुको नाममा आदि पैसा पार्टीले खाएको छ। लडाकुको हातमा पुगेको छैन। कहीँ त्यही प्रपन्च त रचिएको छैन ? दुई लाख दिने नाममा फेरि एक लाख पार्टीले खाने ? यो अब चल्दैन। तपाईं शिक्षा बढाउनुहोस, स्वास्थ्य बढाउनुस।’

उनले उपचारका नाममा लडाकुका नाममा सरकारले निजी सम्पत्ति जस्तो गरेर पैसा बाँडेकोप्रति प्रश्न उठाए। सिंहले भने, ‘उपचारको नाममा, लडाकुको नाममा निजी सम्पत्ति जस्तो गरेर अरुलाई दिन मिल्दैन। कार्यक्रता पाल्नलाई दुई तीन महिनामा मुख्यमन्त्री फेरिनुभएको छ, अब त्यो चल्दैन। यो संघीयता, समानुपातिक खारेज हुनुपर्छ। संविधान संशोधन गर्ने अवस्था आइसकेको छ।’

साथै उनले वडादेखि संसद सबैले तलब भत्ता लिने काम बन्द गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2023-04-28 16:11:00

प्रतिकृया दिनुहोस्