रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्।

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो। चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन्।

प्रकाशित मिति: : 2023-04-28 11:56:00

प्रतिकृया दिनुहोस्