नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद बैठकबाट पारित गर्ने सहमति भएको छ।
साेमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा ३ दलका शीर्ष नेताहरूबीच यस्तो सहमति भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए।
उनीहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) संसदीय विशेष समितिमा लैजाने सहमति भएको छ। साे विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन हुनेछ।