रवि लामिछानेद्वारा आचारसंहिता उल्लंघन, माफी माग्ने सहमतिपछि मतदान सुरु

चिवनको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।

भरतपुर महानगरपालिका–११ मा रहेको नयाँ किरण कमलकुसुम माविको मतदान केन्द्रमा जाँदा रविले आचारसंहिता उल्लंघन गरेका हुन्।

रवि उक्त मतदान केन्द्रमा पुगेपछि रवि हाई–हाई भन्दै होहल्ला भएको थियो। त्यसपछि अन्य पार्टी समर्थकले रविले निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै उनीमाथि आक्रमण गर्ने प्रयास गरेका थियो।

विवाद बढेपछि उक्त मतदान केन्द्रमा मतदानसमेत स्थगित भएको थियो। मतदान स्थगित भएपछि बसेको सर्वदलीय बैठक र निर्वाचन अधिकृतको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको निष्कर्ष निकालेको छ।

'रास्वपाले आचारसंहित उल्लंघन गरेको निष्कर्षसहित क्षमायाचना गर्नुपर्ने सहमति भएको छ। रास्वपाले आचारसंहित उल्लंघन गरेको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो', निर्णय नम्बर १ मा भनिएको छ।

विवादका कारण स्थगित भएको मतदान सर्वदलीय सहमति भएसँगै अहिले मतदान सुरु भएको छ। सर्वदलीय बैठकले ४ बुँदे सहमति गरेको छ।

प्रकाशित मिति: : 2023-04-23 15:43:00

प्रतिकृया दिनुहोस्