विद्यालयलाई सरकारले भन्यो– महंगो शुल्क नलिनू  

File Photo
File Photo

सरकारले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई बढी शुल्क नलिन सचेत गराएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयलाई आफुखुसी शुल्क नलिन आग्रह गरेको हो। 

तोकिएको शुल्क मात्र लिन विज्ञप्तिमा आग्रह गरिएको छ। ‘निजी विद्यालयले आफूखुसी र जथाभावी ढंगले शुल्क लिएको गुनासो आएको छ र हाम्रो ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहले स्वीकृति दिएको शुल्क मात्र लिन आग्रह छ।’

 

प्रकाशित मिति: : 2023-04-11 17:12:00

प्रतिकृया दिनुहोस्