टीआरसी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन ३ दलबीच सहमत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख ३ दलका नेतारूबीच टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

मंगलबार सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भएकाे छलफलमा यस्तो सहमति भएको हाे।

यस्तै संयुक्त समिति तथा अन्य समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरू सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको थियाे।

प्रकाशित मिति: : 2023-04-11 11:50:00

प्रतिकृया दिनुहोस्