बैंकबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई छाड्नु हुँदैन– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई छाड्न नहुने बताएका छन्।

सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन। हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ,’ प्रधानमन्त्रीले भने।

बैंकको ब्याजदर घटाउने उपायहरु खोजिरहेको र छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ।


बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ, छिट्टै निष्कर्षमा पुग्छौँ: प्रधानमन्त्री प्रचण्ड


 

प्रकाशित मिति: : 2023-04-10 17:58:00

प्रतिकृया दिनुहोस्