कर्णाली प्रदेशमा एमालेले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

File Photo
File Photo

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए।

गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो।

एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए। सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ। 

प्रकाशित मिति: : 2023-04-10 13:41:00

प्रतिकृया दिनुहोस्