मेरा वरिपरिका भ्रष्टहरू को–को हुन्, छानबिनको लागि अख्तियारमा निवेदन दिन्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी बसेर गलत कार्य गर्नेहरुविरुद्व आफैंले अख्तियारमा निवेदन दिने बताएका छन्।

रविले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग घुस मागेको अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै पार्टीमा कसैले गल्ती गरे तत्काल कारबाही गर्ने बताएका हुन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले भने,‘मेरै वरपर बसेका मानिसहरुलाई आरोप लागेको छ, आज अख्तियरमा निवेदन आफैं दिनेछु कि मेरै वरपर भएका ती को–को हुन् ? छानबिन गर्नु कारबाही गर्ने जिम्मा हामी लिन्छौँ।’

उनले पार्टी सिस्टममा हजारौँ मानिसहरु हुने भएकोले सबैको कमजोरी पत्ता लगाउन कठिन भएको बताए। ‘कोही के पेसामा कोही के पेसामा लागेका मानिस हामी विश्वासको आधारमा जोडिएका हौँ, अन्य कोही साथीहरु पनि होलान् जसका कयौँ कमजोरीहरु पनि थिए होलान्, ती सबै कुराहरु बाहिर आउनेछन्, कसको के छ थाहा छैन आएको खण्डमा कारबाही गर्दै जाने हो,’ उनले भने।

उनले चुनावको मुखैमा यस्ता काण्डहरु आउनु गलत भएको बताए। तथापि,  यस्ता काण्डहरुले आफूलाई कुनै समस्या नहुने उनको जिकिर छ।

‘म चाहन्छु अरु बाँकी काण्डहरु छन भने पनि बाहिर अहिले नै आउन् चुनावकै अघिल्लो दिन आउन, भोट हाल्ने बेलामा आउन नेपाली जनताल विवेक फेरि पनि प्रयोग गरौँ कि यो चिज के हो ? के को लागि गरिएको छ थाहा हुन्छ,’ उनले भने।

उनले आफूलाई फसाउन अदालत, निर्वाचन आयोगबाट नसकेपछि यस्ता हर्कतहरु गरिएको बताए।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-10 10:33:00

प्रतिकृया दिनुहोस्