मन्त्री छान्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

साेमबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकारमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

कार्यसम्पादन समिति बैठकमा सभापति देउवासहित १३ जना पदाधिकारी, पूर्वपदाधिकारीहरू र कतिपय केन्द्रीय सदस्यसमेत सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2023-03-27 08:14:00

प्रतिकृया दिनुहोस्