जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

File Photo
File Photo

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ।

जसपाका कार्यकारिणी सदस्य रह]का यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए। चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

प्रकाशित मिति: : 2023-03-20 14:27:00

प्रतिकृया दिनुहोस्