प्रधानमन्त्रीले विश्वासकाे मत लिनुअघि रविलाई मुद्दा नलाग्ने निर्णय गराउन महान्यायाधिवक्तालाई दबाब

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचल्ने निर्णय गराउन महान्यायाधिवक्तालाई दबाब परेको छ।

रास्वपा संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्याल साेमबार बिहान करिब ११ बजे महान्यायाधीवक्ताकाे कार्यकक्षमै पुगेर प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासकाे मत दिनुअघि नै लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचल्ने निर्णय गर्न दबाब दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले दिउँसाे १ बजेबाट सुरु भएकाे प्रतिनिधिसभा बैठकबाट विश्वासकाे मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि जे पनि हुन सक्ने भन्दै सभापति लामिछानेले पनि प्रधानमन्त्रीसँग तत्काल साे निर्णय गर्न दबाब दिएकाे खुलासा भएकाे छ।

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने निर्णय गरिसकेकाे छ।

प्रकाशित मिति: : 2023-03-20 13:21:00

प्रतिकृया दिनुहोस्