प्रधानमन्त्री दाहालले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई  

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन्। 

“नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भनेका छन्।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलहरूको साथ थियो।

प्रकाशित मिति: : 2023-03-17 19:58:00

प्रतिकृया दिनुहोस्