रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बन्न उमेरले छेक्याे !

फाइल तस्बिर
फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन्। 

उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी उनी उमेर नपुगेको कारण उपराष्ट्रपतिको दौडबाट बाहिरिएकी हुन्। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार ४५ वर्ष उमेर पूरा भएका व्यक्ति नै उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि योग्य हुनेछ। तर निर्वाचन आयोगको रेकर्ड अनुसार रञ्जिता ३९ वर्षमा मात्रै पुगेकी छन्।



रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

प्रकाशित मिति: : 2023-03-10 13:31:00

प्रतिकृया दिनुहोस्