नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेतासमेत रहेकी रञ्जितालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।
जसपाले यसअघि नै उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सत्ता गठबन्धनले भने उपराष्ट्रपतिकाे विषयमा आधिकारिक निर्णय गरिसकेकाे छैन। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ।