प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
द्वन्द्वकालीन मुद्दालाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र घटनामा पीडित भएकाहरुले दिएकाे रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो।
२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनकाे साे अभिव्यक्तिविरुद्ध रिट दर्ता भएको हो। उक्त रिटको पेसी बिहीबार तोकिएको छ।
उनीहरुले द्वन्द्वकालमा भएका क्षतिको जिम्मा प्रचण्ड नै लिनुपर्ने बताएका छन्।