सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका तत्कालीन सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गोरखाको गोरखा नगरपालिका-३ जरेवरस्थित दरौदी नदीमाथि सडक नभएको ठाउँमा पुल बनाएर ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन सचिव मरहट्टासहित भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे।

प्रकाशित मिति: : 2023-02-26 15:52:00

प्रतिकृया दिनुहोस्