सम्झाैता पुस १० मै भइसकेकाे छ, हिजाे त आठ दलकाे चिया भेट भएकाे हाे: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० काे सम्झाैताअनुसार राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयाेग गर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठक सकेर निस्किँदै गर्दा ओलीले साे कुरा बताएका हुन्।

‘प्रचण्डजीले के–के अप्ठ्याराे पर्‍याे, के-के दबाब आयाे भन्ने भयाे, सम्झाैताअनसार प्रचण्डजीले सहयाेग गर्नुहुन्छ,’ अध्यक्ष ओलीले भने,‘सम्झाैता त पुस १० गते नै भएकाे छ। हिजाेकाे आठ दलकाे चिया भेट भएकाे हाे।’

भिडियाे:

प्रकाशित मिति: : 2023-02-25 12:36:00

प्रतिकृया दिनुहोस्