एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपतिकाे निर्वाचनपछि निर्णय लिने

नेकपा (एमाले)ले तत्काल सरकार नछाडने भएकाे छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले राष्ट्रपतिकाे निर्वाचनपछि निर्णय लिने निष्कर्ष निकालेकाे उपमहासचिव तथा प्रचार विमाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

‘सरबारबाट बाहिने वा नबाहिरिने भन्ने आजकाे निर्णय नै हाेइन, खाली राष्ट्रपतिकाे उम्मेदवार चयन गर्ने कुरामा छलफल भयाे। पुस १० गतेकाे निर्णयअनुसार जानुपर्छ भन्ने हाम्राे जाेड छ। पुस २५ गतेसम्म त धेरै कुरा पाक्छ हाेला नि,’ गुरुङले भने।

प्रचण्ड नेतृत्वकाे सरकार एमाले सहभागी रहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गठबन्धन ताेडेका थिए। गठबन्धन टुटेसँगै एमाले सरकारबाट बाहिने अनुमान गरिएकाे थियाे।

प्रकाशित मिति: : 2023-02-25 11:17:00

प्रतिकृया दिनुहोस्