बालुवाटारमा राष्ट्रपतिको साझा उम्मेद्वारका लागि निर्णायक बैठक बस्नुअघि नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेट भएको छ।
महाराजगञ्जस्थित एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा भएको भेटमा ओलीले नेपाललाई कुनै पनि हालतमा राष्ट्रपतिको उम्मेद्वारी नछोड्न आग्रह गरेका थिए। उनले नेपाललाई नै एमालेले उम्मेद्वार बनाउने वचन दोहोर्याए।
यसअघि ओली र नेपालबीचयही घरमा भएको भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेद्वार हुन प्रस्ताव गरेको समाचार बाहिर आएको थियो। यही प्रस्तावपछि नेपालको राष्ट्रपति निर्वाचन अरू पेचिलो भएको थियो।
बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति उम्मेद्वारमा आफ्नो अड्डी कसेको बुझिएको छ । यदि कांग्रेसले यो अड्डी कायमै राखे नेपाल एमाले उम्मेद्वार हुने सम्भावना बढेको छ। यसले गर्दा फेरि एकपटक पुरानो गठबन्धन ब्युतिने सम्भावनामाथि प्रश्नचिन्ह लाग्ने छ।
कांग्रेसको यो अड्डी उसका लागि यसअघि सत्ता गुमाउने जतिकै महंगो पर्ने सम्भावना बढ्दो छ।