केपी ओली कप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

शनि शाक्य

काठमाडौं

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा न्यूराेड टिम (एनआरटी)लाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ।

सातोबाटोस्थित एन्फा कम्लेक्समा शुक्रबार भएको खेलमा एनआरटीले आर्मीमाथि ५–४ गाेल अन्तरकाे जित निकाल्याे।

खेल निर्धारित समयमा १–१ गाेलकाे बराबरीमा राेकिएपछि पेनाल्टी सुटआउटमा गएकाे थियाे। पेनाल्टी सुटआउटमा। आर्मीका नवयुग श्रेष्ठ, जगजीत श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन गाेल गर्न सफल भए।

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ।

बिहीबार भएकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई २–१ पराजित गर्दै सेमिफाइनलमा पुगेकाे थियाे।

आजकाे दाेस्राे खेलमा मच्छिन्द्र फुटबल क्ल्ब र चर्च ब्वइज युनाइटेडबीच ३ बजे प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2023-02-24 13:40:00

प्रतिकृया दिनुहोस्