ओलीका ‘नाति’ले एमाले छाडे, पुगे ज्ञानेन्द्रको ‘शरण’मा

'भाइरल म्यान' दुर्गा प्रसाईंले नेकपा (एमाले) परित्याग गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र प्रसाईंले केही दिनअघि पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापा लगेर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए। त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको थियो।

तर, पार्टीले कारबाहीको निर्णय नगर्दै उनी आफैँ बाहिरिएका हुन्। 

अध्यक्ष ओलीलाई खुसी तुल्याएवापत एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्यमा फड्को मारेका प्रसाईं गत निर्वाचनमा टिकटको दावेदार थिए। झापाबाट टिकट मागेका उनलाई ‘हजुरबा’ले वास्ता नगरेपछि ज्ञानेन्द्रको ‘शरण’मा पुगेको एमालेका नेता–कार्यकर्ताको दावी छ। 

एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा मार्सीले भने ‘हजुरबा’ भन्ने गरेका छन्।

प्रकाशित मिति: : 2023-02-19 20:14:00

प्रतिकृया दिनुहोस्