मन्त्रीविहीन पाँच मन्त्रालय: छैन विस्तारको तयारी, प्रचण्डको आलोचना बढ्दाे

BreaknLinks
BreaknLinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच मन्त्रालय आफैंसँग राखेको धेरै समय भयो। २ मन्त्रालय एक महिनादेखि र ३ मन्त्रालय दुई हप्तादेखि मन्त्रीविहीन छन्। अहिले उनीसँग प्रधानमन्त्री कार्यालयसँगै गृहमन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ।

प्रचण्डले माघ ३ गते सरकार विस्तार गर्दा नै वन र खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति नागरिकता प्रकरणमा माघ १३ गते गृह मन्त्रालयबाट पदच्युत भएसँगै र माघ २२ गते रास्वपाले सरकार छाडेपछि शिक्षा र रोजगार मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ।

लामो समयदेखि प्रधानमन्त्रीले मन्त्रालय मन्त्रीविहीन बनाएपछि उनको आलोचना बढ्न थालेको छ। मन्त्रालय मन्त्रीविहीन हुँदा मातहतका योजनाहरु भद्रोगोल हुन थालेको भन्दै प्रश्न उठ्न थालेको छ।

बुधबार संसदमै मन्त्रालय मन्त्रीविहीन बनाएकोमा आक्रोश व्यक्त भयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सबै मन्त्रायमा प्रधानमन्त्री नै हुने हो भने किन अरु मन्त्रालय बनाएको भन्दै प्रश्न गरे। ‘प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने हो भने अरु मन्त्रालय बनाएको किन ?,’ शाहीले प्रश्न गरे, ‘सबकासब मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खालि गरे भयो नि।’

उनले आइतबार नयाँ बसपार्कमा तोडफोड र पसलमा लुटपाट भएको र गृहमन्त्रालयमा मन्त्री नहुँदा सुरक्षा कमजोर भएको बताए। ‘प्रधानमन्त्रीको निवासको तीन किलोमिटरको दुरीमा लुटपाट हुन्छ, तोडफोड हुन्छ, सरकार कहाँ छ ?’ उनले भने, ‘नेपाल सरकारका संयन्त्र खोइ ? गृहमन्त्रालय छ, गृहमन्त्री खोई ?’

किन मन्त्रीविहीन मन्त्रालय ?

लोमा समयदेखि मन्त्रालय मन्त्रीविहीन भए पनि मन्त्री नियुक्तिको तयारी छैन। रास्वापाले सरकार छाडे पनि फेरि रास्वपालाई नै सरकार फिर्ता ल्याउने गरी तयारी भइरहेको छ। रास्वपालाई फेरि सरकारमा फिर्ता गर्ने तयारी भइरहेकाले मन्त्रीपरिषद् विस्तार हुन नसकेको प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। ‘मन्त्रीपरिषद् विस्तारका लागि दलहरुबीचमा छलफल भइरहेको छ,’ बिएल नेपाली सेवासँग कुरा गर्दै मल्लले भने, ‘रास्वपालाई सरकारमा फिर्ता गर्ने गरी तयारी पनि भइरहेको छ।’

तर, रास्वपाले गृहमन्त्रालय आफूहरु नपाए सरकारमा नजाने अडान लिइरहेको छ। प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेबाहेक अन्य सांसदलाई गृह मन्त्रालय दिन नसकिने अडान लिएपछि माघ २२ गते रास्वपाले सरकार छाडेको थियो।

प्रचण्डका स्वकीय सचिव मल्लले मन्त्रीपरिषद् विस्तार कहिले हुन्छ भन्ने यकिन रुपमा भन्न सकेनन्। राष्ट्रपति निर्वाचनअघि वा पछि पनि मन्त्रीपरिषद् थप विस्तार हुन सक्ने मल्लले जानकारी दिए।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ हुँदैछ। अहिले दलहरु कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने र कुन दलले कसलाई सहयोग गर्ने विषयमै व्यस्त छन्।

प्रकाशित मिति: : 2023-02-16 18:03:00

प्रतिकृया दिनुहोस्