मानिसले सुख-शान्तिको परिभाषा आ-आफ्नै ढंगले व्याख्या गरेको पाइन्छ। हरेको मान्छेको दुख-सुखको भोगाइ फरकफरक हुन्छ। सुखको खोजीमा मान्छे झन्-झन् दुखको भुमरीमा पनि फसेको हुन्छ। कसैले सुख भनेको अध्यात्मिक हो भन्छन् त कसैले भौतिक सुख सुविधा जस्तै- धन, सम्पत्ति, राम्रो जागिर, घर, गाडी इत्यादि सोच्छन्।
सन् १९३८ मा हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जीवनमा कुन कुराले खुशी बनाउँछ भन्ने पत्ता लगाउन दशकौं लामो अध्ययन सुरु गरे। अन्वेषकहरूले विश्वभरका ७२४ सहभागीहरूबाट स्वास्थ्य रेकर्ड सङ्कलन गरे र दुई वर्षको अन्तरालमा उनीहरूको जीवनका बारेमा विस्तृत प्रश्नहरू सोधे।
हामीले सोचेको भन्दा ठिक विपरीत, पेशाको उपलब्धि, पैसा, व्यायाम वा स्वस्थ आहार होइन रहेछ भन्ने अध्ययनले देखाएको छ। ८५ वर्षको अध्ययनबाट सबैभन्दा सुसंगत खोजहरू हुन्, सकारात्मक सम्बन्धले हामीलाई अझ खुसी र स्वस्थ राख्छ अनि हामीलाई लामो समयसम्म बाँच्न मद्दत गर्छ।
सुखी जीवनको नम्बर १ सुत्र भनेको सामाजिक स्वस्थता (सोसियल फिटनेस) रहेकाे बताएको छ। सम्बन्धले हामीलाई शारीरिक रूपमा असर गर्छ। राम्रो कुराकानीको क्रममा कसैले तपाईंलाई वास्तवमै बुझेको छ भन्ने विश्वास गर्दा तपाईंले महसुस गर्नुभएको उत्साहलाई कहिल्यै याद गर्नुहुन्छ? वा रोमान्टिक कलहको अवधिमा निद्राको कमी?
राम्रो कुराकानीको क्रममा कसैले तपाईंलाई वास्तवमै बुझेको छ भन्ने विश्वास गर्दा तपाईंले महसुस गर्नुभएको उत्साह या प्रेम प्रसंगयुक्त संघर्षको अवधिमा निदको कमीलाई याद गर्नुभएको छ?
तपाईंको सम्बन्ध स्वस्थ र सन्तुलित छ भनी सुनिश्चित गर्न सामाजिक स्वस्थता (सोसियल फिटनेस) अभ्यास गर्न जरुरी छ। हामी सोच्दछौं कि एक पटक हामीले मित्रता र घनिष्ठ सम्बन्ध स्थापित गरेपछि तिनीहरूले आफ्नो हेरचाह गर्नेछन्। तर हाम्रो सामाजिक जीवन एक जीवित प्रणाली हो र यसलाई व्यायामको आवश्यकता चाहिन्छ।
सामाजिक फिटनेसको लागि हाम्रो सम्बन्धको संरक्षित गर्न आवश्यक छ। हामी आफ्नो समय कहाँ खर्च गर्दैछौं र हामीलाई फस्टाउन मद्दत गर्ने जडानहरूमा झुकाव गरिरहेका छौं कि छैनाैँ भन्नेबारे आफैसँग इमानदार हुनु आवश्यक छ।
आफ्नो जीवनमा मानिसहरूसंग पहुँच राख्न नडराउनुहोस्। चाहे यो एक विचारशील प्रश्न हो वा समर्पित ध्यानको क्षण हो। यो तपाइँको लागि महत्वपूर्ण सम्बन्ध गहिरो बनाउन कहिल्यै ढिलाई हुँदैन भन्ने समेत अध्ययनले बताएको छ।
एजेन्सीजको सहयोगमा