लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै छन्।
मन्त्रीपरिषद् विस्ताकार लागि एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएका छन्।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार जोखबहादुर महरा अर्थ मन्त्री बन्दैछन्। महरानिकट स्रोतका अनुसार लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका महरालाई माओवादीले अर्थमा पठाउने निर्णय गरेको छ।
माओवादी केन्द्रले तीन मन्त्रालय पाएको छ। जसमा विनाविभागीय मन्त्री कृष्णा केसी (नमुना) आन्तरिक मामिला मन्त्री र इन्द्रजित थारु भौतिक योजना मन्त्री बन्दैछन्।
यस्तै एमालेले ४ मन्त्रालय पाएकोमा विभनाविभागीय मन्त्री चेतनारायण आचार्य सहरी विकास मन्त्री बन्दैछन्।
अन्य राप्रपा, जनमत, नागरिक उन्मुक्ति र जसपाले एक/एक मन्त्रालय पाउने भएका छन्।