राजा ल्याउँछु भन्नु प्रतिक्रियावादी साेच हाे: बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीको अध्यक्ष डा. बाबुराम भट्टराईले अब राजा फर्काउँछु भन्नू छम्द प्रकारकाे प्रतिक्रियावादी साेच रहेकाे बताएका छन्।

विवेकशील साझा पार्टीकाे प्रथम राष्ट्रिय महाधिवेशनमा आफ्नाे भनाइ राख्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अब राजा ल्याउनु भन्नु फेरि उल्टाे दिशामा हिँड्नु रहेकाे बताएका हुन्।

भट्टराईले पुराना व्यवस्थालाई गाली गर्ने नभएर त्यही पुरानाे जगमा उभिएर अब देशलाई समृद्दितर्फ लग्नुपर्ने भनाइ राखे। विवेकशील साझालाई के गर्ने र कसरी गर्ने भन्ने याेजनाका साथ अगाडि बढ्न पनि उनले सुझाव दिए।

प्रकाशित मिति: : 2023-02-10 12:04:00

प्रतिकृया दिनुहोस्