उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भएको छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको थियाे।
बैठकमा राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल हुने छ।