गाली गर्‍याैँ, ढुङ्गा हान्याैँ तर साेचेजस्ताे भएन: रामकुमारी झाँक्री

नेकपा (एकिकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा चलिरहेको प्रतिक्रिया दिएकी छन।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदमा जनअपेक्षाविपरीत काम भइरहेकाे बताइन्। परिर्वतनका लागि राजनीति भनिए पनि त्यसो नभएको उनको भनाइ छ।

‘हामीले हिजो अरुलाई गाली गर्‍याैँ, परिर्वतनका लागि ढुङ्गा हान्याैँ। व्यवस्था परिवर्तन भयाे तर अवस्था परिवर्तन भएन। अब मुलुक बनाउन, परिर्वतन गर्न हामीले सबै तहका प्रणालीबाट जनतामाझ जान जरुरी छ,’ झाँक्रीले भनिन।

उनले सांसदले आफ्नो दायित्व भुलेका कारण पनि संकट आएको बताइन्।

‘वास्तविक परिर्वतनका लागि नयाँ रुपमा सोचे मात्र सफल हुन सकिन्छ। त्यसैले आफ्नो दायित्व कायम गरे मात्र गतिशील रुपमा अगाडि बढ्न सक्छौँ,’ झाँक्रीले भनिन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-08 15:23:00

प्रतिकृया दिनुहोस्