राप्रपाले गठन गर्‍यो १७ सदस्सीय केन्द्रीय निर्देशन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ।

बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरेको छ।

आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित मिति: : 2023-02-02 19:27:00

प्रतिकृया दिनुहोस्