सरकार फेरबदल हुँदैन, रास्वपा कहीँ जाँदैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एमव् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरणमा फेरबदल नहुने बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पारेका हुन्।

‘सरकार केही हुँदैन। मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने। सरकारमा बाहिर हल्ला भएकाे जस्ताे कुरा केही नरहेकाे उनले बताए।

प्रकाशित मिति: : 2023-02-02 17:55:00

प्रतिकृया दिनुहोस्