नेपाल हिल्फ आखनको सहयोगमा काभ्रेका बालबालिकालाई न्यानो लुगा वितरण

काभ्रेकाे चौरी देउराली गाउँपालिका– ४, सालिमेस्थित सरस्वती माध्यामिक विद्यालयका २ सय ५० जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ।

नेपाल हिल्फ आखन, जर्मनीको सहयोगमा लायन्स क्लब अफ नेपाल अल्पाइनले उक्त विद्यालयका बालबालिकालाई गत सोमबार न्यानो लुगा वितरण गरेको हो।

बिगत ३० वर्षदेखि नेपालका बिभिन्न दुर्गम क्षेत्रमा सहयोग गर्दै आएको नेपाल हिल्फ आखनले कोरोना महामारीदेखि  खाद्यान्न, न्यानो कपडा, जुत्ता मोजालगायत स्टेसनरी सामाग्रीहरु वितरण गर्दै आएको छ। विगत ३ वर्षदेखि निरन्तर रुपमा गोरखा, धादिङ, चितवन, रसुवा , दोलखा र काभ्रेलगायातका जिल्लाहरुको विद्यालयमा ट्रयाक सुट, जुत्ता, झोला आदि वितरण गरेको र जसमा करिब ७ हजार विद्यार्थीहरु लाभान्वित भएको संस्थाका नेपाल प्रतिनिधी तथा लायन दिनेश कुमार कँडेल (रबि) ले जानकारी गराए।

वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप लामा, प्रधानाध्यापक बलराम खरेललगायत वक्ताहरुले सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका थिए। उक्त विद्यालयका पूर्व विद्यार्थी जीतबहादुर तामाङले यस कार्यक्रमको लागि सहयोगी संस्थाहरुसँग समन्वय गरेका थिए।

उक्त कार्यक्रममा पर्यटन व्यवासायी तथा काभ्रे जिल्लाका युवा नेता रामबहादुर पहारी, पर्यटन व्यवसायी तथा लायन्स क्लब अफ नेपाल अल्पाइनका सदस्यहरु राजकुमार थपालिया, कुमारबहादुर कार्की, दिपक कँडेल, उज्जवल श्रेष्ठ तथा समाजसेवी विश्वममणी नहर्की, अनिल  तिवारीलगायतले हातेमालो गरेका थिए।

प्रकाशित मिति: : 2023-02-02 14:43:00

प्रतिकृया दिनुहोस्