रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै, सरकार छाड्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।

पछिल्लाे राजनीतिक अवस्थाका कारण बठैक पश्चात सरकारबाट बाहिनेसम्म निर्णय हुन सक्ने पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताएका छन्।

त्यसअघि पार्टी सभापति रावि लामिछानेले आफ्नाे माैनताकाे अन्तिम दिन भएकाे बताएका थिए।

प्रकाशित मिति: : 2023-02-02 14:32:00

प्रतिकृया दिनुहोस्