राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे वसन्त श्रवण (तस्बिरहरू)

वसन्त श्रवणका लागि अतिविशिष्ट व्यक्तिहरु हनुमानढोका पुगेका छन्।

काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा बिहीबार आयोजित वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पुगेका छन्।

वसन्त पञ्चमीका दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त श्रवण मनाइएको छ।

वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति छ। 

प्रकाशित मिति: : 2023-01-26 12:46:00

प्रतिकृया दिनुहोस्