३४ के.जी लागुऔषध चरेश सहित एक पक्राउ

प्रहरीले ३४ के.जी. ५०० ग्राम लागुऔषध चरेश सहित एक जनालाई पक्राउ गरेकाे छ। 

प्रहरीले बुधबार दिउँसाे ३ बजे धादिङ जिल्लाकाे गल्छी गा.पा. वडा नं ७ काे एक होटलबाट लागु औषध चरेश बिक्री वितरण गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेमा धादिङ गजुरी गा.पा.वडा नं.- ८ सानो बाङ्गे घर भएका ३२  वर्षीय वीरबाहादुर तामाङ रहेका छन्। 

तामाङलाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण-ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाहीको लागीईलाका प्रहरी कार्यालय गजुरी धादिङमा बुझाएकाे छ। 


 

प्रकाशित मिति: : 2023-01-25 18:29:00

प्रतिकृया दिनुहोस्