स्पट फिक्सिङमा ६ विदेशी र ४ जना नेपाली संलग्न 

File Photo
File Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा ६ विदेशी र ४ जना नेपालीकाे संलग्नता देखिएकाे बताएकाे छ।

सीआईबीले सोमबार पत्रकार सम्मलेन गरेर स्पट फिक्सिङमा ६ विदेशी र ४ जना नेपाली गरी १० जनाकाे संलग्नता देखिएकाे जानकारी दिएकाे हाे।  

सीआईबीले यसअघि आइतबार पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो। प्रहरीले मेहबुब आलमलाई विराटनगर र आदिल अन्सारीलाई राजविराजबाट पक्राउ गरेको थियो।

नेपाल टी-२० लिग त्रिवि मैदानमा गत पौष ९ देखि २७ पुससम्म आयोजना भएको थियो।

प्रकाशित मिति: : 2023-01-24 15:30:00

प्रतिकृया दिनुहोस्