‘नेपाल ट्रायथलन संघ’को सातौं वार्षिक साधारणसभा सम्पन्न

नेपाल ट्रायथलन संघले शनिबार आफ्नो विधानसम्मत सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा बसेको थियो। अध्यक्ष श्रेष्ठले संघको निर्वाचनपश्चात संघले गरेका क्रियाकलाप र समस्याहरूका बारेका साधारणसभामा आफ्ना धारणा राख्नुका साथै संघका गतिविधिलाई सहजतापूर्वक सम्पन्न गर्न गर्नुपर्ने कार्यहरूकार समाधानका उपायहरूका बारेमा सदस्यहरूसंग छलफल गरेका थिए।

अध्यक्ष श्रेष्ठले आगामी वैशाख १३ र १४ गते (अप्रिल २६ र २७)मा पोखरामा आयोजना हुने एसिया ट्रायथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिए।

यसैगरी चैत्रमा आयोजना हुने १०औं बृहत राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सीमित प्रदेश संघको गठनलाई तिव्रता प्रदान गर्न निर्देशन दिए।

संघका संस्थापक तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। संघका उपाध्यक्ष पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे।

साधारणसभामा महासचिव युवराज सुनुवारले संघको २०८०/८१ र २०८१/८२ को क्रियाकलाप समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष निरज श्रेष्ठले संघको आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन पेश गरेका थिए।

यस्तै साधारणसभामा उपस्थित कार्य समितिका सदस्यहरूले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई सफल पार्न र संघलाई मजबुत पार्न आईपर्ने समस्याहरूलाई समाधान गर्न आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।

प्रकाशित मिति: : 2025-02-08 16:53:00

प्रतिकृया दिनुहोस्