मधेस प्रदेशमा होटल व्यवस्थापकलाई एक दिने तालिम

होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटल व्यवसायीहरुलाई तालिम  दिइएको छ।

पर्यटन प्रवर्द्धन र होटल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रदेशभरिका होटल व्यवस्थापकलाई एक दिने व्यवस्थापन र अतिथि सत्कार तालिम दिइएको हो। 

होटल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका न्याथम कलेजमै अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले दिएको तालिममा प्रदेशभरिका झन्डै तीन सयजना सहभागी भएका थिए।

२८ माघदेखि वीरगन्जको होटल भिस्वाबाट शुभारम्भ भएको उक्त तालिम आठ दिनपछि बर्दिबासको गौतम होटलमा आएर समापन गरिएको छ।

निरज सुवेदी, सतिश मिश्र, श्याम थापामगर, निसाल पोखरेल र टासी शेर्पाले दिएको उक्त प्रशिक्षण होटल व्यवसायी र व्यवस्थापकका लागि निक्कै उपयोगी सावित भएको प्रशिक्षार्थीहरुले बताए। काठमाडौं विश्वविद्यालयबाट सञ्चालित न्याथम कलेज मधेस प्रदेशमै पहिलोपटक बर्दिबासमा स्थपना भएको हो।

होटल तथा पर्यटनसम्बन्धी तालिम र एकेडेमिक कक्षाहरु सञ्चालन गरी रोजगारीको समेत सुनिश्चित गर्दै आएको न्याथम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित कलेज मानिन्छ। न्याथमको सहकार्यमा मधेस प्रदेशमा यस्ता तालिम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताए।

बिहीबार भएको समापन कार्यक्रममा न्याथम कलेजका शिक्षक, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र मधेस प्रदेशका पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-01-20 11:06:00

प्रतिकृया दिनुहोस्