सभामुखको निर्वाचन: घिमिरे र न्यौपाने भिड्दै (लाइभ)

प्रतिनिधिसभाका सभामुख पदका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भएकाे हाे।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन्।


नेमकिपाद्वारा प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने माग

पर्यटनमन्त्री किराँतीद्वारा विमान दुर्घटनाबारे संसदलाई जानकारी

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

प्रकाशित मिति: : 2023-01-19 14:57:00

प्रतिकृया दिनुहोस्