सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको भनिए पनि जसपाले असहमति जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले मन्त्रीको टुंगो लगाउने निर्णय गरेको हो। तर, शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको जसपाले उपराष्ट्पति नपाए सरकारमा नजाने बताएको छ।
सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री र जसपाले २ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ।
भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र सपथ हुने तय भएको छ।
कसलाई कुन मन्त्रालय ?
एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
रास्वपा : गृह, शिक्षा र श्रममन्त्रालय
राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद
जसपा : शहरी विकास र
जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय