पोखरामा दुर्घटना भएकाे यती एयरलाइन्सकाे ‘ब्ल्याक बक्स’ भेटियो

पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। 

विमान दुर्घटनामा परेकाे २४ घण्टापछि साेमबार बिहान ब्ल्याक बक्स भेटिएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

प्राधिकरणका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए।

विमानमा किन राखिन्छ 'ब्ल्याक बक्स' ?

हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो। यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ।

र्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ। यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ। पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ।

प्रकाशित मिति: : 2023-01-16 11:51:00

प्रतिकृया दिनुहोस्