ओली भेट्न बालकाेटमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड साेमबार बिहान बालकाेट पुगेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

संसदबाट पुस २६ गते  विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्। उनीहरुबीच वार्ता जारी छ।

उनीहरुबीच राष्ट्रपति र सभामुखकाे निर्वाचन, मन्त्रीमण्डल बिस्तारलगायतमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-01-16 10:29:00

प्रतिकृया दिनुहोस्