पोखरा विमान दुर्घटना: प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटना भएकाे बताएका छन्।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्।

प्रकाशित मिति: : 2023-01-15 12:09:00

प्रतिकृया दिनुहोस्