गृहजिल्ला रोल्पा पुगेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएइको छ।
उनी दुई दिनअघि रोल्पा गएका थिए। त्यहाँ एउटा कार्यक्रममा सहभागी भएका उनलाई पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएकाे हाे। उनी अहिले सुमेरु अस्पतालमा भर्ना भएका छन्।
रोल्पाको हाेलेरीमा न्यानो कपडा वितरणका लागि उनी त्यहाँ पुगेका थिए।
चीनमा नियमित स्वास्थ्य जाँचपछि उनी पुस ५ मा नेपाल फर्किएका थिए। त्यसपछि पार्टीमा सक्रिय भएका उनी रोल्पा पुगेका थिए।
गतवर्ष उनी थाइल्याण्डमा उपचारपछि चीन गएका थिए।