गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ।

बैठकमा उपस्थित ५८ सांसदमध्ये नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन्। त्यसैगरी नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन्।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित भएनन्। सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए।

प्रकाशित मिति: : 2023-01-13 15:14:00

प्रतिकृया दिनुहोस्