सुदूरपश्चिममा सभामुखका लागि माओवादीबाट भण्डारी र कांग्रेसका रावलकाे उम्मेदवारी

File Photo
File Photo

सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उम्मेदवारी परेकाे छ।

सभामुखका लागि माओवादीले भीम भण्डारी र कांग्रेसले मानबहादुर रावललाई उम्मेदवार बनाएको छ।

भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन्। त्यसैगरी रावलको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का रहेका छन्।

प्रकाशित मिति: : 2023-01-11 15:01:00

प्रतिकृया दिनुहोस्