११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने ललितपुर चापागाउँ निवासी महेश खत्री पक्राउ परेका छन्।
खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ। उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए।
पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ। पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो।
तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो।