प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने

File Photo
File Photo

नेकपा माओवादी केन्द्र प्रदेश १ मा सरकारमा नजाने भएको छ। केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएकोले माओवादी सरकारमा नजाने भएको हो। 

मुख्यमन्त्रीका दाबेदार तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा आलोपालो नेतृत्व गर्ने सहमति गरेर आएपनि त्यो नभएपछि आफूहरु सरकारमा नजाने बताए। उनले भने, 'आलोपालो गर्ने सहमति नभएसम्म सरकनरमा जादैनौ।' 

आइतबार आङ्बोले काठमाडौंमा प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेर आएको बताएका थिए। तर, केन्द्रीय नेताहरुको बैठकले प्रदेश १ सरकारको नेतृत्व पुरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको थियो। 

प्रदेशको नेतृत्व आलोपालो गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै निर्णय नसच्याएसम्म सरकारमा सहभागी नहुने आङ्बोले बताए। 

प्रदेश १ मा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजो (आइतबार) मुख्यमन्त्री नियुक्त भइसकेका छन्। कार्कीले आज शपथग्रहण गरे माओवादीसहितको सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका थिए। 

प्रदेश १ मा केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादीलाई दिने निर्णय भएको छ।

प्रकाशित मिति: : 2023-01-09 09:51:00

प्रतिकृया दिनुहोस्