संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

File Photo
File Photo

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ। त्यसअघि शुक्रबार दिउँसो १ बजे सर्वदलीय बैठक डाकिएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ।

प्रकाशित मिति: : 2023-01-06 11:03:00

प्रतिकृया दिनुहोस्