सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थसचिवमा तोयम राया र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको हो।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
यसअघि अर्थसचिवमा कृष्णहरि पुष्कर थिए।