रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्तिको चेतावनी

File Photo
File Photo

जेलमा रहेका रेशम चौधरी रिहाइ नभए माघी (१ माघ) पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ।

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ नभए माघीपछि प्रदेशसभा बैठक अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए।

प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा  बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ हुनु पर्दछ, त्यसो नभए माघीपछि प्रदेशसभा चल्न दिने छैनौं।’

उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए। त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोन भएको उनले बताए।

प्रकाशित मिति: : 2023-01-02 17:30:00

प्रतिकृया दिनुहोस्